समाचार,मनोरञ्जन तथा जानकारी एकै ठाउमा
Wednesday, August 23, 2017
Applied Mechanics
Find here https://drive.google.com/file/d/0B2SkCnUnTHe8bmZjQkZIc2hVVVk/view?usp=drivesdk
Friday, March 10, 2017
Cristiano Ronaldo -- संसारको सबै भन्दा महँगो खेलाडी
Tweet
फुटबल खेलेर खान पुग्दै भनेर उनलाई आज भन्दा २० बर्षअगी उनको गुरुले भनेका थिए। तर आज उनी फूटबल खेलेर संसारको सबै भन्दा महँगो खेलाडी बनेका छन्।उनको नाम हो Cristiano Ronaldo.
उनको पुरा नाम Cristiano Ronaldo Dos Santos Aveiro हो। उनी ५ फेब्रुअरी १९८५ मा पोर्चुगलको Funchal Madeira भन्ने ठाउँमा जन्मिएका हुन। उनको पिता Dinis Aveiro हुन।उनी नगर निगममा एक मालीको काम गर्दथे।पार्क र मैदानको रेखदेख गरेर आफ्नो घर चलाऊथे। रोनाल्डोको आमाको नाम Maria हो।Ronaldo का १ दाई र २ बैनी छन।उनको पुरा परिवार एउटा सानो टिनको छत भको घरमा बस्ने गर्दथे।
![]() |
Criastiano Ronaldo |
१५ बर्षको उमेरमा थाहा भयो कि उनलाई मुटुमा सम्बन्धी समस्या छ। डाक्टरले उनलाई फूट्बल नखेल्न सल्लाह दिए कि त सर्जरी गर्नु पर्ने बताए। त्यो समयमा उनी सँग २ वटा बाटो थियो कि फूटबल खेल्न छोड्ने कि धेरै रिस्की सर्जरी गर्नु पर्ने थियो। Ronaldo को लागि अब फूट्बल छोड्न त्यति सजिलो थिएन। उनले सर्जरी गर्ने निर्णय गरे र भाग्यले सर्जरी सफल भयो। केही दिनको आराम पछि उनी फेरी मैदानमा फर्किए र आफ्नो इच्छालाई पुरा गर्न तर्फ लागि परे।तर त्यही समयमा उनको जिबनमा फेरी एकदम दुःखी मोड आयो। रक्सी धेरै खाएको कारणले ५२ बर्षको उमेरमा उनको पिताको मृत्यु भयो।
यो घटनाले Ronaldo एकदमै दुःखी भए किनभने उनका पिता उनको सबैभन्दा नजिक थिए।उनी आफ्नो हरेक कुरा आफ्नो पिता सँग बाँड्ने गर्दथे। त्यही घटनापछि Ronaldo ले आजसम्म रक्सीलाई हात लगाएका छैनन् । Ronaldo को पिताको मृत्यु पछी उनको परिवारको आर्थिक अवस्था धेरै कमजोर भयो जसको कारणले उनको आमाले अरुको घरमा खाना बनाएर आफ्नो परिवार चलाऊनु पर्ने दिन आयो। Ronaldo ले यस्तो परिस्थितीमा पनि फूटबल खेल्न छाडेनन् र एक राम्रो खेलाडी बनेर निस्किए।
उनले आफ्नो पहिलो खेल १७ बर्षको उमेरमा पोर्चुगलको Lisbon Club बाट खेलेका थिए।उनको पहिलो खेल Manchester United बिरुद्द थियो।यो खेलमा उनलाई Alex Ferguson ले देखे र उनलाई तुरुन्त Manchester United को लागि Sign गरे।उक्त क्लबले यी चमत्करी खेलाडी आफ्नो क्लबमा भित्र्याउनको लागि १७ मिलिएन खर्च गरेको थियो।जुन English फूट्बलमा युवा खेलाडीको लागि तिरेको सबैभन्दा बढी रकम थियो। Manchester United को लागि उनले अगस्ट २००३ देखि मे २००९ सम्म खेले जस्मा उनले १९६ खेलमा ८४ गोल गरेका थिए।२००९ मा Real Madrid क्लबले १३२ मिलिएन खर्च गरेर उनलाई आफ्नो क्लबमा भित्र्यायो जस्मा उनले २०१५ सम्म खेल्ने भए पछि फेरी २०१५ मा उनले नयाँ contract sign गरे २०२१ सम्मको लागि जस्को लागि उनले लगभग ३००० करोड नेपाली रुपैयाँ लिये जस्ले उनलाई संसारको सबै भन्दा महँगो खेलडी बनायो।उनले कमाएको सबै पैसा उनी बैंकमा मात्र जम्मा गर्दैनन उनले धेरै सामाजिक कार्यमा पनि लगाउछन।
Ronaldo हेरक बर्ष २ चोटि रक्तदान गर्छन् जस्को कारणले उनी एक खेलडी भएर पनि आफ्नो शरीरमा एउटा ट्याटु हानेका छैनन।उनी बास्केट बल पनि धेरै राम्रो खेल्छन्।
आज करोडौको घरमा बस्ने Ronaldo कुनै समय एक टिनको छत भएको घरमा बस्थे। उनको पितालाई आफ्नो परिवार पाल्न पनि धौ धौ थियो।१५ बर्षको उमेरमा Heart Problem को पनि सामाना गरे।पिताको मृत्यु पछि धेरै कठिन परिस्थितिको पनि सामाना गरे तर जस्तो परिस्थितिमा पनि उनले हार मानेनन्। आज उनी World Best Player भएका छन्। उनले क्लबका लागि त धेरै योगदान दिएका छदैछन्।उनले आफ्नो देशको लागि पनि धेरै योगदान दिएका छन्।पोर्चुगलले उनको कप्तानीमा २०१६ युरोकप जितेको थियो जसमा उनले ७ गोल गरेका थिए।संसारले उनलाई आज महान खेलाडीको सुचीमा राखेको छ।।।
प्रतिक्रिया दिनुहोस
Follow
मलाई Facebook र Twitter मा पछ्याउनुस
Follow @dearchintamani
Subscribe to:
Posts (Atom)