Showing posts with label News. Show all posts
Showing posts with label News. Show all posts

Saturday, November 7, 2015

लालु–नीतिश गठबन्धनको मोदी गठबन्धनलाई कडा टक्कर



बिहारको विधानसभामा मोदीको भाजपा पछि पर्यो

काठमाडौं ः बिहारको विधानसभाको चुनावी परिणामको प्राराम्भीक नतिजा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी पछि परेको छ ।

बिहान ८ बजेबाट शुरु मतगणनाका क्रममा नितिश कुमार, लालुप्रसाद यादव नेतृत्वको जनता दल युनाइटेडले अग्रता लिएको हो ।

ताजा चुनावी परिणाम अनुसार जेडुयले १२४ सिटमा अग्रता लिएको छ भने मोदीको भाजपाले ९१ सिटमा अग्रता लीरहेको छ । अन्य दलहरुले जम्मा ७ सिटमा अग्रता लीरहेका छन ।


चुनावी परिणाम आइरहँदा जेडियुका नेता लालुप्रसाद यादवले आफ्नो गठबन्धनले कम्तिमा १९० सिट जित्ने दाबी गरेका छन ।

प्रम मोदी आफ्नो प्रतिष्ठाको लडाइँकारुपमा लिएर बिहारको बिधानसभा चुनावमा होमिएका थिए ।

नेपाली सीमासँग जोडिएको बिहारको चुनावी परिणामले नेपालमा पनि अर्थ राख्ने भएकाले नेपाली पनि यसको परिणामको प्रतिक्षामा छन ।

नेपाली सीमानामा नाकाबन्दी गरिरहेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसहित बिहारमा भाजपालाई चुनाव जिताउन प्रचारमै होमिएका थिए ।


प्रतिक्रिया दिनुहोस
मलाई Facebook र Twitter मा पछ्याउनुस


Friday, November 6, 2015

डेभिड बेकह्याम ट्याम्पो चालक (फोटो फिचर)





काठमाडौं विश्वचर्चित बेलायती फुटबलर डेडिभ बेकह्याम शुक्रबार बिहान काठमाडौं ओर्लेपछि ट्याम्पो ड्राईभर बनेका छन ।युनिसेफको आयोजनामा बालबालिकाका लागि आयोजित च्यारिटी फुटबल खेल्न भक्तपुर दरबार स्क्वायर जाने क्रममा उनी विद्युतीय सफा ट्याम्पको ड्राईभर बनेका हुन ।बेकह्यामले शनिबार दिउँसो काठमाडौंको नयाँबानेश्वर–सुनधारा रुटमा चल्ने बा१ह ४८४३ नम्बरको सफा ट्याम्पो भक्तपुरको सल्लाघारीदेखि दरबार स्क्वायरसम्म चलाए ।

विमानस्थलबाट विशेष सुरक्षासहित गाडीमा गएका उनी सल्लाघारीमा ओर्लेर ट्याम्पो हाँक्दै दरबार स्क्वायर प्रवेश गरे ।आयोजकहरुले बेकह्यामले हाँक्नैका लागि भक्तपुर लगिएको ट्याम्पो चलाएको देखेर स्थानीयबासी समेत छक्क परे ।उनले ट्याम्पो हाँकेको हेर्न सयौं स्थानीयबासी सडक आसपासमा जम्मा भएका थिए । ट्याम्पो चलाउँदै गएका उनले भक्तपुर दरबार स्क्वायरमा बालबालिकाहरुसँग १६ मिनेटसम्म फुटबल खेले ।

 



YOUR COMMENT


Follow me on Facebook

एसएलसी अर्थमन्त्रीले थेग्लान अर्थतन्त्रका चुनौती ?




काठमाडौं – सरकार निर्माण भएको ३ सातापछि बल्ल देशले अर्थमन्त्री पाएको छ । मुलुककै ढुकुटीको जिम्मेवारी कसले लिने भनेर व्यग्र प्रतीक्षा भइरहेका बेला बिहीबार एमाले उपमहासचिव विष्णु पौडेलले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका हुन ।

एसएलसीमात्र पास पौडेल पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासपात्रका रुपमा चिनिन्छन । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहणलगत्तै अर्थ मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै उनले चुनौतीका चाङलाई पन्छाएर मुलुकलाई समृद्ध बनाउने दाबी गरे ।
वर्तमान सरककारको मात्रै नभई संविधान निर्माणपछि सबै राजनीतिक दलको मुख्य एजेन्डा संवृद्धि रहेको भन्दै उनले राष्ट्रको कार्यसूची सरकार, निजी क्षेत्र, सामूहिक क्षेत्र र अन्तर्राष्ट्रिय समुदायको संस्थागत सहभागिताबाट पार लगाउने दाबी गरे, आजको कारोबार दैनिकमा खबर छ ।



YOUR COMMENT



FOLLOW ME ON FACEBOOK

Thursday, November 5, 2015

भारतले नाकावन्दी गरीरहदा चिनसँग भयो यस्तो सहमती


नेपाल-चीनबीच २० बुँदे सहमति, चाँडै नै ७ नाका पुनः सञ्चालनमा आउने

कार्तिक १९, २०७२- भारतको अघोषित नाकाबन्दी खेपेको नेपाललाई तत्काल राहतका लागि चीनले तातोपानी र रसुवागढी नाका थप सक्रियताका साथ पूर्णक्षमतामा सञ्चालमा ल्याउने बताएको छ ।

काठमाडौंमा बिहीबार सम्पन्न नेपाल–चीन तीन दिने भन्सार विभागको उच्चस्तरीय बैठकमा रसुवागढी र तातोपानी नाकालाई पूर्णक्षमतामा सञ्चालनमा ल्याउने सहमति भएको हो । दुवै नाकालाई थप सशक्त र सबल बनाएर अघि बढाउन चीन तयार रहेको भन्दै नेपाल पक्षबाट पनि तत्काल काम सुरु हुनुपर्नेमा उनीहरूले जोड दिएको एक अधिकारीले बताए । नाकाको स्तरोन्नतिको काम तत्काल थालिनेछ ।



चीनले नेपाल जोड्ने अन्य नाकालाई पनि तत्काल विस्तार गर्दै लैजाने बताएको छ । मंगलबारदेखि काठमामाडौंमा भएको दुई देशका भन्सार अधिकारीहरूको उच्चस्तरीय बैठकले नेपाल–चीनतर्फका अन्य सातवटा नाका पनि व्यावसायिक रूपमा सञ्चालन गर्ने सहमति जुटाएको छ । भूकम्पपछि तातोपानी र रसुवागढी नाका सञ्चालनमा आउन सकेका थिएनन । अहिले रसुवागढीबाहेक अन्य नाका अझै सञ्चालनमा छैनन ।

चीनले इन्धन आपूर्ति गर्ने भएपछि नेपालका तर्फबाट रसुवागढी नाकामा भन्सार तथा अध्यागमनको कार्यालय राखेर काम अघि बढाइएको छ । अन्यथा चीनतर्फको भन्दा पनि नेपालतर्फको कमजोरी बढी रहेकोमा समीक्षा भएको जानकारी भन्सार अधिकारीले दिए ।

तीन दिनसम्म चलेको बैठकले दुई नाकालाई पूर्णक्षमतामा चलाई अन्य सात नाकालाई यथाशीघ्र सहज नाकाको रूपमा व्यावसायिक बनाउने सहमति जुटेको जानकारी भन्सार विभागका प्रवक्ता सूर्य सेढाईले कान्तिपुरलाई दिए । चीनको सहयोगमा ती नाकाको भन्सार सुधारलगायतका काम हुनेछ । चीनबाट नेपाल ल्याइने कुनै पनि सामानमा नेपाली वा अंग्रेजीको लेभल हुनुपर्ने सहमतिसमेत भएको छ । चिनियाँ लेभलको जानकारी नहुने हुनाले समस्या परेको समेत उल्लेख छ ।



भूकम्प र वर्षातले लथालिंग भएको तातोपानी र रसुवागढी नाकालाई पूर्णक्षमतामा चलाउन चीनले आवश्यक कार्ययोजना अघि बढाउँदै नेपाल सरकारको राजनीतिक तहमा छलफल अघि बढाउने भएको छ । दुईवटा नाकालाई पूर्णक्षमतामा चलाउने र अन्य नाकालाई व्यवस्थित गर्दै लैजाने तयारीमा दुवै देश सहमत भएका हुन । यसबाट दुईपक्षीय व्यापार बढ्ने विश्वास समेत रहेको छ ।

त्यसैगरी अन्य सातवटा नाका खोल्न दुवै देशले संयुक्तरूपमा काम थाल्ने सहमति भएको हस्ताक्षरित २० बुँदामा उल्लेख छ । सहमतिमा टिमुरेमा ड्राइपोर्ट चीनले बनाइदिनेछ भने अन्य नाकामा क्वारेन्टाइन चेकपोस्ट र भन्सारका पूर्वाधार बनाउन संयुक्त रूपमा काम थालिने उल्लेख छ । २० बुँदे सहमतिमा खास गरी तातोपानी भन्सारलाई तत्काल सञ्चालनमा ल्याउन विभिन्न विकल्प र उपायको खोजी छिटो गर्ने, भन्सार सुविधामा थप सहजीकरण, सामानमा अंग्रेजी वा नेपाली भाषाको प्रयोग, नेपाली उत्पादनलाई चीनमा बजार, चालकलाई सहजीकरण, नेपालको क्वारेन्टाइनलाई चीनले स्वीकार गर्ने लगायत उल्लेख छ ।

रसुवागढी केरुङ नाकाबाट प्रवेश गर्ने सवारी चालकलाई सहजीकरण गर्नेमा भने केही किलोमिटर दुवै मुलुकका चालकले आफ्नो चालक पासबाट आवतजावत गर्न सक्ने अवस्थाबारे अध्ययन अघि बढाउने समेत सहमति भएको छ ।



यी नाकाहरुमा नेपालले छोटी भन्सार स्थापना गरेको भएपनि प्रभावकारी उपस्थिति नभएकोले अहिलेको भारतीय नाकाबन्दीले त्यो नाकालाई व्यवसायिकरुपमा खोल्न नेपाललाई दबाब परेको हो । ती नाकाहरुमा दुवै देशले आवश्यक पूर्वाधार निर्माण थाल्ने भएको विषय पनि बुँदामा उल्लेख छ ।

ताप्लेजुङको ओलाङचुङगोला, संखुवासभाको किमाथांका, दोलखाको लामाबगर, गोरखाको लार्केपास, मुस्ताङको कोरल्ला तथा मुगु र हुम्लाको यारी नाका खुलाई व्यापार बढाउने सहमति गर्दै त्यसलाई अहिले व्यावसायिक नाका बनाउने र पछि सडक सञ्जाल राम्रो भएपछि अन्तर्राष्ट्रिय नाकाको रूपमा लैजाने उल्लेख छ । यी नाकाहरूमा नेपालले छोटी भन्सार स्थापना गरेको भए पनि प्रभावकारी उपस्थिति नभएकाले अहिलेको भारतीय नाकाबन्दीले ती नाकालाई व्यावसायिक रूपमा खोल्न नेपाललाई दबाब परेको हो । ती नाकाहरूमा दुवै देशले आवश्यक पूर्वाधार निर्माण थाल्ने उल्लेख छ ।

पेट्रोलियम सहितका आवश्यक वस्तुमा नेपाल भारतसँग मात्रै निर्भर हुँदा पटकपटक नाकाबन्दी झेल्नुपर्ने निचोडसहित नेपाली पक्षले चीनसँगका नाका खोल्न चासो देखाएको हो । प्रधानमन्त्रीस्तरबाट नै चीनतर्फको नाकालाई थप व्यवस्थित र सहज बनाउन चासो व्यक्त भएपछि त्यसमा छलफल अघि बढेको अवस्थामा यो बैठक बसेको हो ।

नेपालको व्यापार घाटा भारतसँग मात्र दुई तिहाइ रहेको अवस्थामा चीनसँगको व्यापारमा नेपालले जोड दिएको छ । नेपाल र चीनबीच यसअघि नै कम्तीमा पनि ३३ प्रतिशत इन्धन आपूर्ति गर्ने सहमति भइसकेको अवस्थामा सरकारले अन्य नाकालाई महत्त्व दिएर विकल्प खोजेको हो ।

दुई देशका भन्सार अधिकारीहरूको बैठकमा नेपालतर्फको नेतृत्व भन्सार विभागका उपमहानिर्देशक दामोदर रेग्मी र चीनतर्फको नेतृत्व ल्हासा भन्सार कार्यालयका उपनिर्देशक लङ चेङ वीले गरेका थिए । दुवैतर्फ ६।६ सदस्य रहेका थिए । चीनले सहयोगमा दिएको इन्धन अहिले रसुवागढी नाकाबाट भित्रिएको छ । अन्य सम्भावना र सडक विस्तारको विषयमा छलफल अघि बढेको छ ।
LIKE



Give A COMMENT



you can add me on facebook

Wednesday, November 4, 2015

ससनसनीपुर्ण खुलशाः-दिल्लीमा अहिले पनि नेपाली चेली बेचिन्छन्

१९ कात्तिक, नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा अहिले पनि नेपाली युवतीहरु बेचिने गरेका छन । हेल्प नेपाली मिसन दिल्लीका अध्यक्ष कवि कार्कीले नयाँ पत्रिकासँग गरेको कुराकाकानीमा नेपाली युवतीहरु अहिले पनि दिल्लीमा बेचिने गरेको बताए ।
महिल​-हिम्स​१२ वर्षदेखि हेल्प नेपाल मिसनका अध्यक्ष भई करिब एक सय जना नेपालीहरुको उद्धार गरिसकेका कार्कीले दिल्लीको जिबी रोडमा नुवाकोट, सिन्धुपाल्चोक, दाङ, मकवानपुरका अधिकांश नेपाली चेली यौनधन्दामा संलग्न रहेको बताए ।
४० नम्बरदेखि ७० नम्बर बिल्डिङसम्म यौनधन्दा चलिरहने जिबी रोडका कोठीहरुमा १४ वर्षदेखि ४० वर्षसम्मका केटी-महिला यौनधन्दामा छन । शुरुमा आएर यौनधन्दा गरेकाहरु विस्तारै आफै एजेन्ट बनेर बसेका छन ।
सिरिया, साउदी अरब, तुकिस्तान, लिबियामा पनि नेपाली केटी बेचिन्छन । उनीहरु दिल्ली, श्रीलंका हुँदै उता पुर्याइने गरेको कार्कीले जानकारी दिए ।
©onlinekhabar