Saturday, November 7, 2015

लालु–नीतिश गठबन्धनको मोदी गठबन्धनलाई कडा टक्कर



बिहारको विधानसभामा मोदीको भाजपा पछि पर्यो

काठमाडौं ः बिहारको विधानसभाको चुनावी परिणामको प्राराम्भीक नतिजा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी पछि परेको छ ।

बिहान ८ बजेबाट शुरु मतगणनाका क्रममा नितिश कुमार, लालुप्रसाद यादव नेतृत्वको जनता दल युनाइटेडले अग्रता लिएको हो ।

ताजा चुनावी परिणाम अनुसार जेडुयले १२४ सिटमा अग्रता लिएको छ भने मोदीको भाजपाले ९१ सिटमा अग्रता लीरहेको छ । अन्य दलहरुले जम्मा ७ सिटमा अग्रता लीरहेका छन ।


चुनावी परिणाम आइरहँदा जेडियुका नेता लालुप्रसाद यादवले आफ्नो गठबन्धनले कम्तिमा १९० सिट जित्ने दाबी गरेका छन ।

प्रम मोदी आफ्नो प्रतिष्ठाको लडाइँकारुपमा लिएर बिहारको बिधानसभा चुनावमा होमिएका थिए ।

नेपाली सीमासँग जोडिएको बिहारको चुनावी परिणामले नेपालमा पनि अर्थ राख्ने भएकाले नेपाली पनि यसको परिणामको प्रतिक्षामा छन ।

नेपाली सीमानामा नाकाबन्दी गरिरहेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसहित बिहारमा भाजपालाई चुनाव जिताउन प्रचारमै होमिएका थिए ।


प्रतिक्रिया दिनुहोस
मलाई Facebook र Twitter मा पछ्याउनुस


नेपालमा ६-६ वटा उप-प्रधानमन्त्री हुनु तपाइलाई कस्तो लाग्छ​





पत्र बोकेर बाबुराम बालुवाटार पुगे , के–के छन स्मरणपत्रमा ? [पत्र सहित]


पत्र बोकेर बालुवाटार पुगे बाबुराम, के–के छन स्मरणपत्रमा ? (पूर्णपाठसहित)

कात्तिक २१
काठमाडौं– एमाओवादी परित्याग गरेर नयाँ शक्ति निर्माणको अभियानमा लागेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले तराई मधेसमा देखिएको समस्या तत्काल सम्बोधन गर्न आगह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक स्मरणपत्र बुझाएका छन ।
प्रधानमन्त्री निवास बालुवाटारमा पुगि भट्टराईले नागरिक समाजका अगुवाहरुसमेतको उपस्थितिमा ओलीलाई स्मरणपत्र बुझाएका हुन ।

स्मरणपत्रमा तराई मधेसको आन्दोलन थारु मगरात, लिम्बुवानका जनताको पहिचान र अधिकारका लागि भएको आन्दोलनहरुलाई राजनीतिक वार्ताको माध्यमबाट समाधान खोज्न सरकार र मुख्य राजनीतिक दलहरुको ध्यानाकर्षण गराउाँदै संविधानका असन्तुष्टिलाई संविधान संशोधनको माध्यमबाट समाधान खोज्न माग गरिएको छ ।
यस्तै आन्दोलनकारीमाथि राज्यले अनावश्यक बल प्रयोग गरेको आरोप लगाउँदै ध्यानाकर्षण पत्रमा अराजकताको माध्यमबाट थप मुडबेड ननिम्त्मयाउन आग्रह गरिएको छ ।

स्वाधिनता स्वतन्त्रता र समानताका आधारमा दुई विशाल छिमेकीहरुको यो या त्यो राष्ट्रको निर्भरता वा परनिर्भरताका आधारमा नभई अन्तरनिर्भरताका आधारमा राष्ट्रिय स्वाधिनतालाई केन्द्रमा राख्दै व्यवहार गर्ने संस्कृतिको विकास गर्न पनि आवश्यक रहेको स्मरणपत्रमा औंल्याइएको छ ।

तराई मधेसको तीन महिना लामो आन्दोलन र भारतीय नाकाबन्दीलाई अलगअलग विषय र विधिमा बुझ्न जरुरी रहेको भन्दै पत्रमा तराई मधेसको समस्यामा देशको आन्तरिक र राजनैतिक समस्या भएकाले यसलाई संविधान संशोधनको माध्यमबाट हल गर्न र भारतको अघोषित नाकाबन्दीलाई कुटनैतिक माध्यमबाट हल गर्न आग्रह गरिएको छ ।
यसैगरी तराई मधेसको समस्यालाई समाधान गखर्न भन्दा पनि समस्यालाई बल्झाई आफ्नो स्वार्थ सिद्ध गर्ने खेल समेत भित्रभित्रै भइरहेको पनि पत्रमा उल्लेख गरिएको छ ।

ओलीलाई बुझाइएको स्मरणपत्रमा भट्टराईसहित नागरिक समाजका दमननाथ ढुंगाना, पद्मरत्न तुलाधर , विद्याधर मल्लिक, कृष्ण शर्मा, कृष्ण हाछेथुलगायतको हस्ताक्षर रहेको छ ।


प्रतिक्रिया दिनुहोस​
मलाई Facebook मा पछ्याउनुहोस