Tuesday, September 22, 2015

हेर्नुस् निखिलको `लुटेरा` टिजर

share
फिल्मीखबर, काठमाडौं, २०७२ आश्विन ६, बुधवार
'भैरव` फिल्मबाट नाम र दाम दुबै कमाउन सफल अभिनेता निखिल उप्रेती अभिनित अर्को फिल्म 'लुटेरा'को टिजर रिलिज गरिएको छ । एक्सन शैलीको उक्त फिल्म आउँदो कार्तिक २७ गते रिलिज हुनेछ । 
वितरक गोपाल कायस्थको निर्माणमा दयाराम दाहालले निर्देशन गरेको यो फिल्ममा निखिलसँगै निशा अधिकारी, सविन श्रेष्ठ, हर्षिका श्रेष्ठ, अनुभव रेग्मीको साथमा बिशेष भूमिकामा प्रियंका कार्कीको अभिनय छ ।  

उपयोगी चरिअमिलो

 - चरिअमिलोको रसमा बराबर मात्रामा प्याजको रस मिसाएर निधारमा लेप लगाउँदा टाउको दुखाइ कम हुन्छ । 
चरिअमिलो
 - कान दुखाइ वा कानको समस्यामा १/२ थोपा चरिअमिलोको पन्चाङ्गको रस लगाउँदा फाइदा हुन्छ ।
 - गिजाबाट रगत बग्ने र मुखमा घाउ हुने समस्यामा चरिअमिलोको पातको रस मनतातो पानीमा राखेर कुल्ला गर्नुपर्छ । 
 - चरिअमिलोको २/३ वटा पात चपाएर खानाले मुख गन्हाउने समस्या ठीक हुन्छ । 
 - चरिअमिलोको पञ्चाङ्गले अपच तथा अजिर्णमा लाभ हुन्छ । त्यस्तै यो पाइल्समा पनि यो उपयोगी हुन्छ ।  - चरिअमिलोको पातको रसमा सख्खर मिसाएर खाँदा पिसाबसम्बन्धी समस्या कम हुन्छ ।  
- चरिअमिलोको पञ्चाङ्गको रसमा मरिचको धुलो र घिउ मिलाएर खानाले पित्तको कारण हुने छालारोग पनि निको हुन्छ ।  
- चरिअमिलोको रसमा सख्खर मिसाएर पिउँदा हिस्टेरियाका रोगीलाई लाभ हुन्छ ।

Nepali Most Popular Old Song

एउटा पुरानो तथा मार्मिक गित तगारोमा रुमाल राखी