Thursday, November 5, 2015

भारतले नाकावन्दी गरीरहदा चिनसँग भयो यस्तो सहमती


नेपाल-चीनबीच २० बुँदे सहमति, चाँडै नै ७ नाका पुनः सञ्चालनमा आउने

कार्तिक १९, २०७२- भारतको अघोषित नाकाबन्दी खेपेको नेपाललाई तत्काल राहतका लागि चीनले तातोपानी र रसुवागढी नाका थप सक्रियताका साथ पूर्णक्षमतामा सञ्चालमा ल्याउने बताएको छ ।

काठमाडौंमा बिहीबार सम्पन्न नेपाल–चीन तीन दिने भन्सार विभागको उच्चस्तरीय बैठकमा रसुवागढी र तातोपानी नाकालाई पूर्णक्षमतामा सञ्चालनमा ल्याउने सहमति भएको हो । दुवै नाकालाई थप सशक्त र सबल बनाएर अघि बढाउन चीन तयार रहेको भन्दै नेपाल पक्षबाट पनि तत्काल काम सुरु हुनुपर्नेमा उनीहरूले जोड दिएको एक अधिकारीले बताए । नाकाको स्तरोन्नतिको काम तत्काल थालिनेछ ।



चीनले नेपाल जोड्ने अन्य नाकालाई पनि तत्काल विस्तार गर्दै लैजाने बताएको छ । मंगलबारदेखि काठमामाडौंमा भएको दुई देशका भन्सार अधिकारीहरूको उच्चस्तरीय बैठकले नेपाल–चीनतर्फका अन्य सातवटा नाका पनि व्यावसायिक रूपमा सञ्चालन गर्ने सहमति जुटाएको छ । भूकम्पपछि तातोपानी र रसुवागढी नाका सञ्चालनमा आउन सकेका थिएनन । अहिले रसुवागढीबाहेक अन्य नाका अझै सञ्चालनमा छैनन ।

चीनले इन्धन आपूर्ति गर्ने भएपछि नेपालका तर्फबाट रसुवागढी नाकामा भन्सार तथा अध्यागमनको कार्यालय राखेर काम अघि बढाइएको छ । अन्यथा चीनतर्फको भन्दा पनि नेपालतर्फको कमजोरी बढी रहेकोमा समीक्षा भएको जानकारी भन्सार अधिकारीले दिए ।

तीन दिनसम्म चलेको बैठकले दुई नाकालाई पूर्णक्षमतामा चलाई अन्य सात नाकालाई यथाशीघ्र सहज नाकाको रूपमा व्यावसायिक बनाउने सहमति जुटेको जानकारी भन्सार विभागका प्रवक्ता सूर्य सेढाईले कान्तिपुरलाई दिए । चीनको सहयोगमा ती नाकाको भन्सार सुधारलगायतका काम हुनेछ । चीनबाट नेपाल ल्याइने कुनै पनि सामानमा नेपाली वा अंग्रेजीको लेभल हुनुपर्ने सहमतिसमेत भएको छ । चिनियाँ लेभलको जानकारी नहुने हुनाले समस्या परेको समेत उल्लेख छ ।



भूकम्प र वर्षातले लथालिंग भएको तातोपानी र रसुवागढी नाकालाई पूर्णक्षमतामा चलाउन चीनले आवश्यक कार्ययोजना अघि बढाउँदै नेपाल सरकारको राजनीतिक तहमा छलफल अघि बढाउने भएको छ । दुईवटा नाकालाई पूर्णक्षमतामा चलाउने र अन्य नाकालाई व्यवस्थित गर्दै लैजाने तयारीमा दुवै देश सहमत भएका हुन । यसबाट दुईपक्षीय व्यापार बढ्ने विश्वास समेत रहेको छ ।

त्यसैगरी अन्य सातवटा नाका खोल्न दुवै देशले संयुक्तरूपमा काम थाल्ने सहमति भएको हस्ताक्षरित २० बुँदामा उल्लेख छ । सहमतिमा टिमुरेमा ड्राइपोर्ट चीनले बनाइदिनेछ भने अन्य नाकामा क्वारेन्टाइन चेकपोस्ट र भन्सारका पूर्वाधार बनाउन संयुक्त रूपमा काम थालिने उल्लेख छ । २० बुँदे सहमतिमा खास गरी तातोपानी भन्सारलाई तत्काल सञ्चालनमा ल्याउन विभिन्न विकल्प र उपायको खोजी छिटो गर्ने, भन्सार सुविधामा थप सहजीकरण, सामानमा अंग्रेजी वा नेपाली भाषाको प्रयोग, नेपाली उत्पादनलाई चीनमा बजार, चालकलाई सहजीकरण, नेपालको क्वारेन्टाइनलाई चीनले स्वीकार गर्ने लगायत उल्लेख छ ।

रसुवागढी केरुङ नाकाबाट प्रवेश गर्ने सवारी चालकलाई सहजीकरण गर्नेमा भने केही किलोमिटर दुवै मुलुकका चालकले आफ्नो चालक पासबाट आवतजावत गर्न सक्ने अवस्थाबारे अध्ययन अघि बढाउने समेत सहमति भएको छ ।



यी नाकाहरुमा नेपालले छोटी भन्सार स्थापना गरेको भएपनि प्रभावकारी उपस्थिति नभएकोले अहिलेको भारतीय नाकाबन्दीले त्यो नाकालाई व्यवसायिकरुपमा खोल्न नेपाललाई दबाब परेको हो । ती नाकाहरुमा दुवै देशले आवश्यक पूर्वाधार निर्माण थाल्ने भएको विषय पनि बुँदामा उल्लेख छ ।

ताप्लेजुङको ओलाङचुङगोला, संखुवासभाको किमाथांका, दोलखाको लामाबगर, गोरखाको लार्केपास, मुस्ताङको कोरल्ला तथा मुगु र हुम्लाको यारी नाका खुलाई व्यापार बढाउने सहमति गर्दै त्यसलाई अहिले व्यावसायिक नाका बनाउने र पछि सडक सञ्जाल राम्रो भएपछि अन्तर्राष्ट्रिय नाकाको रूपमा लैजाने उल्लेख छ । यी नाकाहरूमा नेपालले छोटी भन्सार स्थापना गरेको भए पनि प्रभावकारी उपस्थिति नभएकाले अहिलेको भारतीय नाकाबन्दीले ती नाकालाई व्यावसायिक रूपमा खोल्न नेपाललाई दबाब परेको हो । ती नाकाहरूमा दुवै देशले आवश्यक पूर्वाधार निर्माण थाल्ने उल्लेख छ ।

पेट्रोलियम सहितका आवश्यक वस्तुमा नेपाल भारतसँग मात्रै निर्भर हुँदा पटकपटक नाकाबन्दी झेल्नुपर्ने निचोडसहित नेपाली पक्षले चीनसँगका नाका खोल्न चासो देखाएको हो । प्रधानमन्त्रीस्तरबाट नै चीनतर्फको नाकालाई थप व्यवस्थित र सहज बनाउन चासो व्यक्त भएपछि त्यसमा छलफल अघि बढेको अवस्थामा यो बैठक बसेको हो ।

नेपालको व्यापार घाटा भारतसँग मात्र दुई तिहाइ रहेको अवस्थामा चीनसँगको व्यापारमा नेपालले जोड दिएको छ । नेपाल र चीनबीच यसअघि नै कम्तीमा पनि ३३ प्रतिशत इन्धन आपूर्ति गर्ने सहमति भइसकेको अवस्थामा सरकारले अन्य नाकालाई महत्त्व दिएर विकल्प खोजेको हो ।

दुई देशका भन्सार अधिकारीहरूको बैठकमा नेपालतर्फको नेतृत्व भन्सार विभागका उपमहानिर्देशक दामोदर रेग्मी र चीनतर्फको नेतृत्व ल्हासा भन्सार कार्यालयका उपनिर्देशक लङ चेङ वीले गरेका थिए । दुवैतर्फ ६।६ सदस्य रहेका थिए । चीनले सहयोगमा दिएको इन्धन अहिले रसुवागढी नाकाबाट भित्रिएको छ । अन्य सम्भावना र सडक विस्तारको विषयमा छलफल अघि बढेको छ ।
LIKE



Give A COMMENT



you can add me on facebook

No comments:

Post a Comment