Monday, November 2, 2015

डा. रामवरण सम्धी बनेर फेरि शीतल निवास छिर्ने ! 02 NOVEMBER 2015 PRINT EMAIL गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा.रामवरण यादव र दोस्रो राष्ट्रपति विद्या भण्डारी चाँडै नै पारिवारिक सम्बन्धमा गाँसिदैछन् । नेपालको राजनीतिक इतिहासमै यो एउटा अनौठो घटना हुँदैछ कि, दुई पार्टीका शीर्ष नेताहरु जो राष्ट्रपति जस्तो सर्वोच्च पदमा पुगे उनीहरुबीच पारिवारिक नाता गाँसिदैछ । कांग्रेस र एमालेका धेरै नेताहरुलाई समेत थाहा छैन । रामवरण र विद्या भण्डारी सम्धी सम्धिनी बन्दैछन् । स्रोतका अनुसार दुवै परिवार चाँडै औपचारिक सम्बन्धमा बाँधिदैछन् । यो अनौठो सम्बन्ध निवर्तमान राष्ट्रपति रामवरण यादवका नाति र राष्ट्रपति विद्या भण्डारीकी कान्छी छोरीबीच बिहे हुन लागेको हो । रामवरण यादवकी भतिजी तथा कांग्रेस सांसद किरण यादवका कान्छा छोरा र राष्ट्रपति विद्या भण्डारीकी कान्छी छोरी निशाकुसुम प्रेम सम्बन्धमा रहेको पारिवारिक स्रोतले जनाएको छ । यी दुवै परिवारबीच विगत केही समयदेखि न्यायो र निकट सम्बन्ध रही आएको बताइन्छ । सम्भवतः यसै वर्ष बिहे हुने भएको छ । यो विहेले दुई फरक राजनीतिक परिवारलाई एकै भान्सामा जमघट गराउने मात्र होइन, दुई फरक समुदायलाई पनि एक ठाउँमा ल्याउनेछ । राष्ट्रपति निर्वाचनका किन किरण यादव र ज्ञानेन्द्रबहादुर कार्कीलाई कांग्रेस सांसदहरुले भोट कसलाई हाल्ने भन्दै जिस्काएका समेत थिए । किन कि किरण यादव विद्याकी हुनेवाला सम्धिनी हुन् भने ज्ञानेन्द्रबहादुर कार्की विद्या भण्डारीको आफ्नै फुपूका छोरा दाजु नाता हुन् । साँघु साप्ताहिकमा खबर छ ।

No comments:

Post a Comment