Saturday, November 7, 2015

लालु–नीतिश गठबन्धनको मोदी गठबन्धनलाई कडा टक्कर



बिहारको विधानसभामा मोदीको भाजपा पछि पर्यो

काठमाडौं ः बिहारको विधानसभाको चुनावी परिणामको प्राराम्भीक नतिजा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी पछि परेको छ ।

बिहान ८ बजेबाट शुरु मतगणनाका क्रममा नितिश कुमार, लालुप्रसाद यादव नेतृत्वको जनता दल युनाइटेडले अग्रता लिएको हो ।

ताजा चुनावी परिणाम अनुसार जेडुयले १२४ सिटमा अग्रता लिएको छ भने मोदीको भाजपाले ९१ सिटमा अग्रता लीरहेको छ । अन्य दलहरुले जम्मा ७ सिटमा अग्रता लीरहेका छन ।


चुनावी परिणाम आइरहँदा जेडियुका नेता लालुप्रसाद यादवले आफ्नो गठबन्धनले कम्तिमा १९० सिट जित्ने दाबी गरेका छन ।

प्रम मोदी आफ्नो प्रतिष्ठाको लडाइँकारुपमा लिएर बिहारको बिधानसभा चुनावमा होमिएका थिए ।

नेपाली सीमासँग जोडिएको बिहारको चुनावी परिणामले नेपालमा पनि अर्थ राख्ने भएकाले नेपाली पनि यसको परिणामको प्रतिक्षामा छन ।

नेपाली सीमानामा नाकाबन्दी गरिरहेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसहित बिहारमा भाजपालाई चुनाव जिताउन प्रचारमै होमिएका थिए ।


प्रतिक्रिया दिनुहोस
मलाई Facebook र Twitter मा पछ्याउनुस


नेपालमा ६-६ वटा उप-प्रधानमन्त्री हुनु तपाइलाई कस्तो लाग्छ​





पत्र बोकेर बाबुराम बालुवाटार पुगे , के–के छन स्मरणपत्रमा ? [पत्र सहित]


पत्र बोकेर बालुवाटार पुगे बाबुराम, के–के छन स्मरणपत्रमा ? (पूर्णपाठसहित)

कात्तिक २१
काठमाडौं– एमाओवादी परित्याग गरेर नयाँ शक्ति निर्माणको अभियानमा लागेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले तराई मधेसमा देखिएको समस्या तत्काल सम्बोधन गर्न आगह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक स्मरणपत्र बुझाएका छन ।
प्रधानमन्त्री निवास बालुवाटारमा पुगि भट्टराईले नागरिक समाजका अगुवाहरुसमेतको उपस्थितिमा ओलीलाई स्मरणपत्र बुझाएका हुन ।

स्मरणपत्रमा तराई मधेसको आन्दोलन थारु मगरात, लिम्बुवानका जनताको पहिचान र अधिकारका लागि भएको आन्दोलनहरुलाई राजनीतिक वार्ताको माध्यमबाट समाधान खोज्न सरकार र मुख्य राजनीतिक दलहरुको ध्यानाकर्षण गराउाँदै संविधानका असन्तुष्टिलाई संविधान संशोधनको माध्यमबाट समाधान खोज्न माग गरिएको छ ।
यस्तै आन्दोलनकारीमाथि राज्यले अनावश्यक बल प्रयोग गरेको आरोप लगाउँदै ध्यानाकर्षण पत्रमा अराजकताको माध्यमबाट थप मुडबेड ननिम्त्मयाउन आग्रह गरिएको छ ।

स्वाधिनता स्वतन्त्रता र समानताका आधारमा दुई विशाल छिमेकीहरुको यो या त्यो राष्ट्रको निर्भरता वा परनिर्भरताका आधारमा नभई अन्तरनिर्भरताका आधारमा राष्ट्रिय स्वाधिनतालाई केन्द्रमा राख्दै व्यवहार गर्ने संस्कृतिको विकास गर्न पनि आवश्यक रहेको स्मरणपत्रमा औंल्याइएको छ ।

तराई मधेसको तीन महिना लामो आन्दोलन र भारतीय नाकाबन्दीलाई अलगअलग विषय र विधिमा बुझ्न जरुरी रहेको भन्दै पत्रमा तराई मधेसको समस्यामा देशको आन्तरिक र राजनैतिक समस्या भएकाले यसलाई संविधान संशोधनको माध्यमबाट हल गर्न र भारतको अघोषित नाकाबन्दीलाई कुटनैतिक माध्यमबाट हल गर्न आग्रह गरिएको छ ।
यसैगरी तराई मधेसको समस्यालाई समाधान गखर्न भन्दा पनि समस्यालाई बल्झाई आफ्नो स्वार्थ सिद्ध गर्ने खेल समेत भित्रभित्रै भइरहेको पनि पत्रमा उल्लेख गरिएको छ ।

ओलीलाई बुझाइएको स्मरणपत्रमा भट्टराईसहित नागरिक समाजका दमननाथ ढुंगाना, पद्मरत्न तुलाधर , विद्याधर मल्लिक, कृष्ण शर्मा, कृष्ण हाछेथुलगायतको हस्ताक्षर रहेको छ ।


प्रतिक्रिया दिनुहोस​
मलाई Facebook मा पछ्याउनुहोस

Friday, November 6, 2015

डेभिड बेकह्याम ट्याम्पो चालक (फोटो फिचर)





काठमाडौं विश्वचर्चित बेलायती फुटबलर डेडिभ बेकह्याम शुक्रबार बिहान काठमाडौं ओर्लेपछि ट्याम्पो ड्राईभर बनेका छन ।युनिसेफको आयोजनामा बालबालिकाका लागि आयोजित च्यारिटी फुटबल खेल्न भक्तपुर दरबार स्क्वायर जाने क्रममा उनी विद्युतीय सफा ट्याम्पको ड्राईभर बनेका हुन ।बेकह्यामले शनिबार दिउँसो काठमाडौंको नयाँबानेश्वर–सुनधारा रुटमा चल्ने बा१ह ४८४३ नम्बरको सफा ट्याम्पो भक्तपुरको सल्लाघारीदेखि दरबार स्क्वायरसम्म चलाए ।

विमानस्थलबाट विशेष सुरक्षासहित गाडीमा गएका उनी सल्लाघारीमा ओर्लेर ट्याम्पो हाँक्दै दरबार स्क्वायर प्रवेश गरे ।आयोजकहरुले बेकह्यामले हाँक्नैका लागि भक्तपुर लगिएको ट्याम्पो चलाएको देखेर स्थानीयबासी समेत छक्क परे ।उनले ट्याम्पो हाँकेको हेर्न सयौं स्थानीयबासी सडक आसपासमा जम्मा भएका थिए । ट्याम्पो चलाउँदै गएका उनले भक्तपुर दरबार स्क्वायरमा बालबालिकाहरुसँग १६ मिनेटसम्म फुटबल खेले ।

 



YOUR COMMENT


Follow me on Facebook

एसएलसी अर्थमन्त्रीले थेग्लान अर्थतन्त्रका चुनौती ?




काठमाडौं – सरकार निर्माण भएको ३ सातापछि बल्ल देशले अर्थमन्त्री पाएको छ । मुलुककै ढुकुटीको जिम्मेवारी कसले लिने भनेर व्यग्र प्रतीक्षा भइरहेका बेला बिहीबार एमाले उपमहासचिव विष्णु पौडेलले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका हुन ।

एसएलसीमात्र पास पौडेल पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासपात्रका रुपमा चिनिन्छन । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहणलगत्तै अर्थ मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै उनले चुनौतीका चाङलाई पन्छाएर मुलुकलाई समृद्ध बनाउने दाबी गरे ।
वर्तमान सरककारको मात्रै नभई संविधान निर्माणपछि सबै राजनीतिक दलको मुख्य एजेन्डा संवृद्धि रहेको भन्दै उनले राष्ट्रको कार्यसूची सरकार, निजी क्षेत्र, सामूहिक क्षेत्र र अन्तर्राष्ट्रिय समुदायको संस्थागत सहभागिताबाट पार लगाउने दाबी गरे, आजको कारोबार दैनिकमा खबर छ ।



YOUR COMMENT



FOLLOW ME ON FACEBOOK

Thursday, November 5, 2015

चीनमा एमबीबीएस सकेका विद्यार्थी संकटमा

Share this post


२० कात्तिक, काठमाडौं । चीनबाट एमबीबीएस अध्ययन पूरा गरी नेपालमा ‘इन्टर्नसिप’ का लागि तयारी गरेका करिब एक हजार विद्यार्थीको भविष्य संकटमा परेको छ।
स्वास्थ्य, शिक्षा मन्त्रालय र नेपाल मेडिकल काउन्सिलको लापरबाहीका कारण विद्यार्थीको भविष्य अन्योलपूर्ण बनेको हो।सरकारी छात्रवृत्ति, चिनियाँ दूतावासको सांस्कृतिक कोटा र निजी खर्चमा त्यहाँ पुगी अध्ययन गरेर नेपाल फर्किसकेका २१ जना र चीनमै अलपत्र परेका करिब ९ सय विद्यार्थीको भविष्य अन्योलमा परेको छ।
सरकारले सन २००८ पछि चीनमा एमबीबीएस सकेका विद्यार्थीलाई नेपालमा ‘इन्टर्नसिप’ गर्न नदिने निर्णय गरेको छ। तर नेपाल मेडिकल काउन्सिलको स्वीकृतिमा अध्ययनका लागि नेपाली विद्यार्थी धमाधम चीन पुग्ने क्रम जारी रहेको अन्नपूर्ण पोस्टमा खबर छ।
नेपालमा ‘इन्टर्नसिप’ गर्न नपाइने भए पनि त्यसबारे जानकारी नदिई दलालले निजी खर्चमा नेपाली विद्यार्थीलाई अध्ययनका लागि चीन पठाएका थिए।चिनियाँ दूतावासको सांस्कृतिक कोटाबाट समेत दर्जनौं संख्यामा नेपाली विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि चीन पठाउने गरिन्छ।
विदेशमा पढेका विद्यार्थीलाई नेपालमा ‘इन्टर्नसिप’ गराउन दिँदा नेपालका अस्पतालले थेग्न नसक्ने र उनीहरूको जिम्मेवार को हुने भन्ने प्रश्न उठेपछि उक्त निर्णय गरिएको शिक्षा मन्त्रालयको भनाइ छ। निर्णय कार्यान्वयनबारे शिक्षा, स्वास्थ्य, नेपाल मेडिकल काउन्सिल, चिनियाँ दूतावास, निजी क्षेत्र र स्वयं विद्यार्थीसँग समन्वय नहुँदा पाँचबर्से अध्ययन सकी नेपाल फर्किएका विद्यार्थी इन्टर्नसिपका लागि भौंतारिरहेका छन्।
आजको अनलाइनखबर डटकम मा खबर छ​ 
Like This POST 






FOLLOW ME ON FACEBOOK

भारतले नाकावन्दी गरीरहदा चिनसँग भयो यस्तो सहमती


नेपाल-चीनबीच २० बुँदे सहमति, चाँडै नै ७ नाका पुनः सञ्चालनमा आउने

कार्तिक १९, २०७२- भारतको अघोषित नाकाबन्दी खेपेको नेपाललाई तत्काल राहतका लागि चीनले तातोपानी र रसुवागढी नाका थप सक्रियताका साथ पूर्णक्षमतामा सञ्चालमा ल्याउने बताएको छ ।

काठमाडौंमा बिहीबार सम्पन्न नेपाल–चीन तीन दिने भन्सार विभागको उच्चस्तरीय बैठकमा रसुवागढी र तातोपानी नाकालाई पूर्णक्षमतामा सञ्चालनमा ल्याउने सहमति भएको हो । दुवै नाकालाई थप सशक्त र सबल बनाएर अघि बढाउन चीन तयार रहेको भन्दै नेपाल पक्षबाट पनि तत्काल काम सुरु हुनुपर्नेमा उनीहरूले जोड दिएको एक अधिकारीले बताए । नाकाको स्तरोन्नतिको काम तत्काल थालिनेछ ।



चीनले नेपाल जोड्ने अन्य नाकालाई पनि तत्काल विस्तार गर्दै लैजाने बताएको छ । मंगलबारदेखि काठमामाडौंमा भएको दुई देशका भन्सार अधिकारीहरूको उच्चस्तरीय बैठकले नेपाल–चीनतर्फका अन्य सातवटा नाका पनि व्यावसायिक रूपमा सञ्चालन गर्ने सहमति जुटाएको छ । भूकम्पपछि तातोपानी र रसुवागढी नाका सञ्चालनमा आउन सकेका थिएनन । अहिले रसुवागढीबाहेक अन्य नाका अझै सञ्चालनमा छैनन ।

चीनले इन्धन आपूर्ति गर्ने भएपछि नेपालका तर्फबाट रसुवागढी नाकामा भन्सार तथा अध्यागमनको कार्यालय राखेर काम अघि बढाइएको छ । अन्यथा चीनतर्फको भन्दा पनि नेपालतर्फको कमजोरी बढी रहेकोमा समीक्षा भएको जानकारी भन्सार अधिकारीले दिए ।

तीन दिनसम्म चलेको बैठकले दुई नाकालाई पूर्णक्षमतामा चलाई अन्य सात नाकालाई यथाशीघ्र सहज नाकाको रूपमा व्यावसायिक बनाउने सहमति जुटेको जानकारी भन्सार विभागका प्रवक्ता सूर्य सेढाईले कान्तिपुरलाई दिए । चीनको सहयोगमा ती नाकाको भन्सार सुधारलगायतका काम हुनेछ । चीनबाट नेपाल ल्याइने कुनै पनि सामानमा नेपाली वा अंग्रेजीको लेभल हुनुपर्ने सहमतिसमेत भएको छ । चिनियाँ लेभलको जानकारी नहुने हुनाले समस्या परेको समेत उल्लेख छ ।



भूकम्प र वर्षातले लथालिंग भएको तातोपानी र रसुवागढी नाकालाई पूर्णक्षमतामा चलाउन चीनले आवश्यक कार्ययोजना अघि बढाउँदै नेपाल सरकारको राजनीतिक तहमा छलफल अघि बढाउने भएको छ । दुईवटा नाकालाई पूर्णक्षमतामा चलाउने र अन्य नाकालाई व्यवस्थित गर्दै लैजाने तयारीमा दुवै देश सहमत भएका हुन । यसबाट दुईपक्षीय व्यापार बढ्ने विश्वास समेत रहेको छ ।

त्यसैगरी अन्य सातवटा नाका खोल्न दुवै देशले संयुक्तरूपमा काम थाल्ने सहमति भएको हस्ताक्षरित २० बुँदामा उल्लेख छ । सहमतिमा टिमुरेमा ड्राइपोर्ट चीनले बनाइदिनेछ भने अन्य नाकामा क्वारेन्टाइन चेकपोस्ट र भन्सारका पूर्वाधार बनाउन संयुक्त रूपमा काम थालिने उल्लेख छ । २० बुँदे सहमतिमा खास गरी तातोपानी भन्सारलाई तत्काल सञ्चालनमा ल्याउन विभिन्न विकल्प र उपायको खोजी छिटो गर्ने, भन्सार सुविधामा थप सहजीकरण, सामानमा अंग्रेजी वा नेपाली भाषाको प्रयोग, नेपाली उत्पादनलाई चीनमा बजार, चालकलाई सहजीकरण, नेपालको क्वारेन्टाइनलाई चीनले स्वीकार गर्ने लगायत उल्लेख छ ।

रसुवागढी केरुङ नाकाबाट प्रवेश गर्ने सवारी चालकलाई सहजीकरण गर्नेमा भने केही किलोमिटर दुवै मुलुकका चालकले आफ्नो चालक पासबाट आवतजावत गर्न सक्ने अवस्थाबारे अध्ययन अघि बढाउने समेत सहमति भएको छ ।



यी नाकाहरुमा नेपालले छोटी भन्सार स्थापना गरेको भएपनि प्रभावकारी उपस्थिति नभएकोले अहिलेको भारतीय नाकाबन्दीले त्यो नाकालाई व्यवसायिकरुपमा खोल्न नेपाललाई दबाब परेको हो । ती नाकाहरुमा दुवै देशले आवश्यक पूर्वाधार निर्माण थाल्ने भएको विषय पनि बुँदामा उल्लेख छ ।

ताप्लेजुङको ओलाङचुङगोला, संखुवासभाको किमाथांका, दोलखाको लामाबगर, गोरखाको लार्केपास, मुस्ताङको कोरल्ला तथा मुगु र हुम्लाको यारी नाका खुलाई व्यापार बढाउने सहमति गर्दै त्यसलाई अहिले व्यावसायिक नाका बनाउने र पछि सडक सञ्जाल राम्रो भएपछि अन्तर्राष्ट्रिय नाकाको रूपमा लैजाने उल्लेख छ । यी नाकाहरूमा नेपालले छोटी भन्सार स्थापना गरेको भए पनि प्रभावकारी उपस्थिति नभएकाले अहिलेको भारतीय नाकाबन्दीले ती नाकालाई व्यावसायिक रूपमा खोल्न नेपाललाई दबाब परेको हो । ती नाकाहरूमा दुवै देशले आवश्यक पूर्वाधार निर्माण थाल्ने उल्लेख छ ।

पेट्रोलियम सहितका आवश्यक वस्तुमा नेपाल भारतसँग मात्रै निर्भर हुँदा पटकपटक नाकाबन्दी झेल्नुपर्ने निचोडसहित नेपाली पक्षले चीनसँगका नाका खोल्न चासो देखाएको हो । प्रधानमन्त्रीस्तरबाट नै चीनतर्फको नाकालाई थप व्यवस्थित र सहज बनाउन चासो व्यक्त भएपछि त्यसमा छलफल अघि बढेको अवस्थामा यो बैठक बसेको हो ।

नेपालको व्यापार घाटा भारतसँग मात्र दुई तिहाइ रहेको अवस्थामा चीनसँगको व्यापारमा नेपालले जोड दिएको छ । नेपाल र चीनबीच यसअघि नै कम्तीमा पनि ३३ प्रतिशत इन्धन आपूर्ति गर्ने सहमति भइसकेको अवस्थामा सरकारले अन्य नाकालाई महत्त्व दिएर विकल्प खोजेको हो ।

दुई देशका भन्सार अधिकारीहरूको बैठकमा नेपालतर्फको नेतृत्व भन्सार विभागका उपमहानिर्देशक दामोदर रेग्मी र चीनतर्फको नेतृत्व ल्हासा भन्सार कार्यालयका उपनिर्देशक लङ चेङ वीले गरेका थिए । दुवैतर्फ ६।६ सदस्य रहेका थिए । चीनले सहयोगमा दिएको इन्धन अहिले रसुवागढी नाकाबाट भित्रिएको छ । अन्य सम्भावना र सडक विस्तारको विषयमा छलफल अघि बढेको छ ।
LIKE



Give A COMMENT



you can add me on facebook

अभिनेत्री ऋचा शर्मा उर्फ फुलीको यस्तो रुप कस्ले बनायो [भिडियो]------------------- ऋचाको `अमेजिङ` रूप (भिडियो हेर्नुस्)



ऋचाको `अमेजिङ` रूप (भिडियो हेर्नुस्)
फिल्मीखबर, काठमाडौं, २०७२ कार्त्तिक १९, बिहिवार
अभिनेत्री ऋचा शर्माले एक पटक फेरि आफूलाई अब्बल कलाकार देखाउने प्रयास गरेकी छिन् । जिवन्त अभिनय गरेर अवार्ड समेत हात पार्दै आएकी ऋचा 'को आफ्नो' नामक फिल्ममा यस्तो गेटअपमा प्रस्तुत भएकी छिन् कि दर्शकले चिन्न हम्मे-हम्मे नै पर्छ ।
अनिल थापाको लेखन, निर्माण तथा निर्देशन रहेको 'को आफ्नो'मा ऋचाको अनुहार र चरित्रले जो कोहि व्यक्तिको ध्यान पक्कै खिच्छ । एक ब्राम्हण युवतीको भूमिका निर्वाह गरेकी उनै ऋचाले अभिनय गरेको फिल्मको टिजर सार्वजनिक गरिएको छ ।

फिल्ममा ऋचासँगै शुशांक मैनाली, सुवास थापा, मेनुका प्रधान, राजन खतिवडा, सुदामा सिके, शान्ति गिरीलगायतले अभिनय गरेका छन् । आउँदो फेब्रुअरी १६ मा फिल्म रिलिज गर्ने योजना निर्माण युनिटको छ ।






Wednesday, November 4, 2015

पहिलोपटक अन्तर्राष्ट्रियस्तरमा नाकाबन्दीबारे खुलेर बोल्यो नेपाल


आन्तरिक समस्या आफैं सुल्झाउन सक्षम छौं : उपप्रधानमन्त्री थापा

कार्तिक १९, २०७२-
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाल गम्भिर र संवेदनशिल अवस्थामा रहेको जानकारी अन्तराष्ट्रिय समुदायलाई गराएका छन ।

उनले संयुक्त राष्ट्रसंघको जेनेभामा मानवअधिकार सम्बन्धी २३ औं विश्वव्यापी आवधिक समिक्षा (यूपिआर) बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै बुधबार राती सो कुरा बताएका हुन । उनले त्यहाँ नेपालको समग्र मानवअधिकारको अवस्थाबारे समेत जानकारी गराएका थिए ।





संविधान जारी भएपछि र त्यसअघिको सबै मानवअधिकारको अवस्थाको बारेमा जानकारी गराउँदै नेपालले अन्तर्राष्ट्रिय कानुनको पालना गरेको र त्यही अनुरुप नै सरकार निर्देशित रहेको तथ्यहरुले देखाउने समेत उल्लेख गरेका थिए ।




नेपाल मानवअधिकारमा कमजोर कही कतै छ भने सुधार गर्दै जाने अन्तर्राष्ट्रिय समुदाय आश्वस्त हुन आग्रह गरेका थिए । उक्त सत्रमा उनले नेपाललाई समस्या परेको अवगत गराएपनि भारतलाई तोकेर दोष भने लगाएका थिएनन । यद्यपी उनले भारतबाट आउने सामाग्रीमा पारवाहन असहजताले नेपालमा मानविय संकट परेको उल्लेख गरेका थिए ।

उनले मुलुक भित्रको मानवअधिकारको कुरा गरिरहँदा अल्पविकसित र भुपरिवेष्ठित मुलुकले भोग्न परेको समस्यालाई पनि गम्भिर रुपमा लिनुपर्ने भन्दै त्यसतर्फ ध्यानाकर्षण गराएका थिए । निकै कूटनीतिक शैलिमा प्रस्तुत भएका उनले, भारतको नाम नलीकनै वर्तमान पारवाहनमा परेको असहजताले ल्याएको आधार प्रस्तुत गरेका थिए ।

त्यसपछि उक्त सत्रमा सहभागी भारतीय प्रतिनिधीले नेपालको आन्तरिक राजनीतिका कारण समस्या सृजना भएको बताएपछि बहस अघि बढेको जेनेभास्थित नियोगका एक अधिकारीले बताए । ति प्रतिनिधीले नेपालको एक समुदायलाई गरेको वेवास्ता प्रति नेपालको ध्यानाकर्षण गराएका थिए ।

उक्त बहसमा उपप्रधानमन्त्री थापाले नेपालको आन्तरिक राजनीति देखाएर अहिले भएको पारवाहन असहजताले जनताको जीवन अस्तव्यस्त रहेको जानकारी दिएका थिए । ‘नेपालले संविधान जारी गरेको छ, त्यो नेपालको आन्तरिक मान्यता र अन्तर्राष्ट्रिय अभ्यासको आधारमा ल्याएको हो । यसमा कसैले खोट लगाउने स्थान छैन,’ उपप्रधानमन्त्री थापाले भने, ‘तर त्यही संविधानको विषयलाई लिएर कसैले पनि नेपालको आन्तरिक मामिलामा दख्खल दिने स्थान छैन । दैनिक उपभोज्ञ वस्तु तथा अत्यावश्यकीय इन्धनमा समेत समस्या हुनेगरि पारवाहनमा लगाएको रोकले नेपाल अन्यायमा परेको छ र यसले नेपाल मानविय संकट निम्तीएको छ ।’

आम नेपालीको जनजीवन नै अस्तव्यस्त हुने गरी पारवाहनमा लगाइएको रोकका कारण नेपालमा औषधी लगायतका वस्तुहरुको अभाव हुन थालेको र बालबच्चा विद्यालय जानबाट वञ्चित रहेको बताएका थिए । उनले नेपालमा कुनै पनि प्रकारको सुरक्षा संकट नरहेको पनि बैठकमा स्पष्ट पारेका थिए । ‘नेपालको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय व्यापार बन्द भएको छ । उद्योग धन्दा बन्द हुँदा लाखाैं नेपाली बेरोजगार हुने अवस्थामा छ । यसमा अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रि गर्न चाहन्छु,’ उनले भने ।

नेपाल लामो समयको आन्तरिक द्वन्द्वपछि संविधान निर्माण गरि अघि बढ्न लागेको अवस्थामा भूइँचालोले अस्तव्यस्त बनाएको र त्यसपछि माथि उठ्ने प्रयास गर्दै गर्दा अहिले पारवाहनमा देखिएको असहजता र असहयोगले नेपालको अर्थतन्त्रमात्र धरासायी हुनुका साथै मानविय संकट पनि आइपरेको स्पष्टसँग व्यक्त गरेका थिए । सोही सत्रमा भातरका प्रतिनिधीले नेपालाको आन्तरिक राजनीतिको बारेमा बोले पनि चीनले नेपालको अवस्थाबारे आफूहरु गम्भिर रहेको बताएको थियो ।

आन्तरिक राजनीतिलाई देखाएर मुलुकको समग्र अवस्थामा असर पार्न कसैले पनि हुँदैन भन्दै त्यस विषयमा आफूहरु सचेत रहेको समेत जानकारी गराएको थियो ।

उक्त बैठकमा ७९ मुलुकका प्रतिनिधीहरुको सहभागिता थियो । चार घन्टा लामो छलफलमा नेपालको पछिल्लो अवस्थाको बारेमा व्यापक छलफल भएको थियो ।

उपप्रधानमन्त्री थापाले त्यसअघि संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन, मानवअधिकार आयोगका उच्चअधिकारी, विभिन्न मुलुकका राजदूत तथा प्रतिनिधीसँग भेटवार्ता गर्नेक्रममा नेपालको पछिल्लो अवस्थाको बारेमा जानकारी गराएका थिए ।
आजको kantipur.ekantipur.com मा समाचार उल्लेख छ​



ससनसनीपुर्ण खुलशाः-दिल्लीमा अहिले पनि नेपाली चेली बेचिन्छन्

१९ कात्तिक, नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा अहिले पनि नेपाली युवतीहरु बेचिने गरेका छन । हेल्प नेपाली मिसन दिल्लीका अध्यक्ष कवि कार्कीले नयाँ पत्रिकासँग गरेको कुराकाकानीमा नेपाली युवतीहरु अहिले पनि दिल्लीमा बेचिने गरेको बताए ।
महिल​-हिम्स​१२ वर्षदेखि हेल्प नेपाल मिसनका अध्यक्ष भई करिब एक सय जना नेपालीहरुको उद्धार गरिसकेका कार्कीले दिल्लीको जिबी रोडमा नुवाकोट, सिन्धुपाल्चोक, दाङ, मकवानपुरका अधिकांश नेपाली चेली यौनधन्दामा संलग्न रहेको बताए ।
४० नम्बरदेखि ७० नम्बर बिल्डिङसम्म यौनधन्दा चलिरहने जिबी रोडका कोठीहरुमा १४ वर्षदेखि ४० वर्षसम्मका केटी-महिला यौनधन्दामा छन । शुरुमा आएर यौनधन्दा गरेकाहरु विस्तारै आफै एजेन्ट बनेर बसेका छन ।
सिरिया, साउदी अरब, तुकिस्तान, लिबियामा पनि नेपाली केटी बेचिन्छन । उनीहरु दिल्ली, श्रीलंका हुँदै उता पुर्याइने गरेको कार्कीले जानकारी दिए ।
©onlinekhabar



के हिन्दी फिल्म विस्थापित गर्लान् निखिलले ?

५ बर्ष मुम्बइ बसेर नेपाल आएपछि अभिनेता निखिल उप्रेतीको मुखबाट राष्ट्रियता र फिल्म मोहका गफ खुबै सुन्न थालिएको छ । उनले विदेशी फिल्म नेपालमा चलाउनु हुदैन भन्दा पनि राम्रा फिल्म चले आफै विस्थापित हुने कुरा गर्दै आएका छन् । कुनै कार्यक्रममा पुग्ने वित्तिकै माइक समातेर निखिल यही कुरा गर्छन् ।

        निखिल आफूले विदेशी फिल्मलाई विस्थापित गर्ने दाबी गर्दै ।
अब, निखिलको यो बोली व्यवहारमा लागू हुन्छ या हुदैन,दर्शकले उनलाई पत्याउछन् या पत्याउदैनन् भन्ने कात्तिक २५ मा थाहा हुनेछ । नेपालका चर्चित स्टार र बलिउडका सुपरस्टारको भिडन्त तिहारमा हुँदैछ । नेपालका चर्चित वितरक गोपाल कायस्थको फिल्म ‘लुटेरा’ र गोपिकृष्णले २ करोड नेपाली रकम हालेर किनेको बलिउड अभिनेता सलमान खानको फिल्म ‘प्रेम रतन धन’ पायो एकसाथ चल्दैछ ।
वुधबारबाट ‘लुटेरा’ चल्नेछ भने शुक्रबारबाट सलमानको फिल्म ।नेपाली सुपरस्टार र बलिउडका सुपरस्टारको यो भिडन्त रोचक हुनेछ । निखिल उप्रेतीले राम्रो फिल्म बनाएर र खेलेर विदेशी फिल्म विस्थापित गर्ने बताउँदै आएका छन् । अब, सलमान खानलाई निखिलले विस्थापित गर्छन् या गर्दैनन्, ‘लुटेरा’ र ‘प्रेम रतन धन पायोको’ भिडन्तले देखाउनेछ ।
©Filmy Khabar


भारतीय नागरिक किन नेपालमा ढुंगा हान्न आए ?

-मधुरमण आचार्य, परराष्ट्रविद्

१८ कात्तिक, काठमाडौं । भारतले नेपालमाथि गरेको अघोषित नाकाबन्दीको विषयलाई लिएर नेपालको कुटनीतिक क्षेत्रमा अचम्मको मौनता छ । सरकारलाई मार्गदर्शन गर्न सक्रिय हुनुपर्ने पूर्वकूटनीज्ञिहरु आक्कल झुक्कलबाहेक दृष्यमै देखिँदैनन् ।

परराष्ट्र मन्त्रालयका भुतपूर्व सचिव मधुरमण आचार्य संयुक्त राष्ट्रसंघका लागि नेपालमा स्थाई प्रतिनिधि पनि भए । स्वभावतः उनी वैदेशिक मामलाहरुमा दख्खल राख्छन् । यद्यपि उनी पनि सामाजिक सञ्जालमा फाट्टाफुट्ट टिप्पणी गर्नेबाहेक बहसको मूलधारमा ओर्लिएका छैनन् ।

Tuesday, November 3, 2015

श्वेताको मुहारमा मुस्कान

अभिनेत्री श्वेता खड्का हाम्रो आग्रहमा फोटोसेसनका लागि राजी भइन् । श्रीमान श्रीकृष्ण श्रेष्ठको वियोगपछि उनको आफ्नो पहिलो फोटोसेसनमा उनी सुरुमा निकै धकाएकी थिइन् । तर बिस्तारै सहज र स्वभाविक हुँदै गइन् । थोरै चलचित्र खेले पनि धेरै दर्शकको दिलमा बस्न सफल श्वेता पति वियोगको एक वर्षसम्म पूरै निस्क्रिय थिइन् । विस्तारै व्यवसायिक तथा सामाजिक गतिविधिमा अभ्यस्त भइरहेकी उनी निकट भविष्यमा कुनै न कुनै रुपले चलचित्र क्षेत्रमा पुनरागमनको तयारी गर्दैछिन् । ‘फेरि नायिका नै बन्छु भन्ने पनि छैन,’ उनी भन्छिन्, ‘तर मैले भविष्यमा यो फिल्डमा फर्किनै पर्छ । चाहे निर्मात्रीको रुपमा होस या अभिनेत्रीको रुपमा ।




















नायिका काजल खनालको अर्धनग्न तस्वीर सार्वजानिक [फोटोसहित }


`कामचोर` अभिनेत्रीको कामुक फोटोसुट (फोटोफिचर)

'कामचोर' फिल्मबाट अभिनयमा आएकी मोडल काजल खनालले हट फोटोसुट गरेकी छिन् । थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी काजलले नग्न तस्विर खिचेर सबैलाई चकित पारेकी छिन् ।  
रंगपोस्ट डट कममा प्रकाशित उक्त तस्विरले उनको फिल्म र मोडलिङ क्षेत्रको करियरको बारेमा सोच्न वाध्य बनाएको छ । काजलको यो फोटो सुटले उनको फिल्म र मोडलिङ क्षेत्रको करियरलाई कता लैजाला ?
 © filmykhabr.com








YOUR COMMENT

Follow me on Facebook

नेपाली लोकसङ्गीतमा राजु परियारको पुनरागमन

अम्मल बस्यो मायाको मलाई त
के छाड्थेँ र पिरती नलाई त 
तल तल लाग्यो मलाई 
तल तल लाग्यो मलाई सुपारीको तलतल 
लाउनेले माया लाइहाल्छ नलाउनेले छलफल
हे      लाउनेले माया लाइहाल्छ नलाउनेले छलफल





नेपाली लोकसङ्गीतमा राजु परियारको पुनरागमन



Monday, November 2, 2015

Tal Tal lagyo malai Manju Poudel and Raju Pariyar

tal tal lagyo

डा. रामवरण सम्धी बनेर फेरि शीतल निवास छिर्ने ! 02 NOVEMBER 2015 PRINT EMAIL गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा.रामवरण यादव र दोस्रो राष्ट्रपति विद्या भण्डारी चाँडै नै पारिवारिक सम्बन्धमा गाँसिदैछन् । नेपालको राजनीतिक इतिहासमै यो एउटा अनौठो घटना हुँदैछ कि, दुई पार्टीका शीर्ष नेताहरु जो राष्ट्रपति जस्तो सर्वोच्च पदमा पुगे उनीहरुबीच पारिवारिक नाता गाँसिदैछ । कांग्रेस र एमालेका धेरै नेताहरुलाई समेत थाहा छैन । रामवरण र विद्या भण्डारी सम्धी सम्धिनी बन्दैछन् । स्रोतका अनुसार दुवै परिवार चाँडै औपचारिक सम्बन्धमा बाँधिदैछन् । यो अनौठो सम्बन्ध निवर्तमान राष्ट्रपति रामवरण यादवका नाति र राष्ट्रपति विद्या भण्डारीकी कान्छी छोरीबीच बिहे हुन लागेको हो । रामवरण यादवकी भतिजी तथा कांग्रेस सांसद किरण यादवका कान्छा छोरा र राष्ट्रपति विद्या भण्डारीकी कान्छी छोरी निशाकुसुम प्रेम सम्बन्धमा रहेको पारिवारिक स्रोतले जनाएको छ । यी दुवै परिवारबीच विगत केही समयदेखि न्यायो र निकट सम्बन्ध रही आएको बताइन्छ । सम्भवतः यसै वर्ष बिहे हुने भएको छ । यो विहेले दुई फरक राजनीतिक परिवारलाई एकै भान्सामा जमघट गराउने मात्र होइन, दुई फरक समुदायलाई पनि एक ठाउँमा ल्याउनेछ । राष्ट्रपति निर्वाचनका किन किरण यादव र ज्ञानेन्द्रबहादुर कार्कीलाई कांग्रेस सांसदहरुले भोट कसलाई हाल्ने भन्दै जिस्काएका समेत थिए । किन कि किरण यादव विद्याकी हुनेवाला सम्धिनी हुन् भने ज्ञानेन्द्रबहादुर कार्की विद्या भण्डारीको आफ्नै फुपूका छोरा दाजु नाता हुन् । साँघु साप्ताहिकमा खबर छ ।

Tuesday, September 22, 2015

हेर्नुस् निखिलको `लुटेरा` टिजर

share
फिल्मीखबर, काठमाडौं, २०७२ आश्विन ६, बुधवार
'भैरव` फिल्मबाट नाम र दाम दुबै कमाउन सफल अभिनेता निखिल उप्रेती अभिनित अर्को फिल्म 'लुटेरा'को टिजर रिलिज गरिएको छ । एक्सन शैलीको उक्त फिल्म आउँदो कार्तिक २७ गते रिलिज हुनेछ । 
वितरक गोपाल कायस्थको निर्माणमा दयाराम दाहालले निर्देशन गरेको यो फिल्ममा निखिलसँगै निशा अधिकारी, सविन श्रेष्ठ, हर्षिका श्रेष्ठ, अनुभव रेग्मीको साथमा बिशेष भूमिकामा प्रियंका कार्कीको अभिनय छ ।  

उपयोगी चरिअमिलो

 - चरिअमिलोको रसमा बराबर मात्रामा प्याजको रस मिसाएर निधारमा लेप लगाउँदा टाउको दुखाइ कम हुन्छ । 
चरिअमिलो
 - कान दुखाइ वा कानको समस्यामा १/२ थोपा चरिअमिलोको पन्चाङ्गको रस लगाउँदा फाइदा हुन्छ ।
 - गिजाबाट रगत बग्ने र मुखमा घाउ हुने समस्यामा चरिअमिलोको पातको रस मनतातो पानीमा राखेर कुल्ला गर्नुपर्छ । 
 - चरिअमिलोको २/३ वटा पात चपाएर खानाले मुख गन्हाउने समस्या ठीक हुन्छ । 
 - चरिअमिलोको पञ्चाङ्गले अपच तथा अजिर्णमा लाभ हुन्छ । त्यस्तै यो पाइल्समा पनि यो उपयोगी हुन्छ ।  - चरिअमिलोको पातको रसमा सख्खर मिसाएर खाँदा पिसाबसम्बन्धी समस्या कम हुन्छ ।  
- चरिअमिलोको पञ्चाङ्गको रसमा मरिचको धुलो र घिउ मिलाएर खानाले पित्तको कारण हुने छालारोग पनि निको हुन्छ ।  
- चरिअमिलोको रसमा सख्खर मिसाएर पिउँदा हिस्टेरियाका रोगीलाई लाभ हुन्छ ।

Nepali Most Popular Old Song

एउटा पुरानो तथा मार्मिक गित तगारोमा रुमाल राखी