Thursday, November 5, 2015

अभिनेत्री ऋचा शर्मा उर्फ फुलीको यस्तो रुप कस्ले बनायो [भिडियो]------------------- ऋचाको `अमेजिङ` रूप (भिडियो हेर्नुस्)



ऋचाको `अमेजिङ` रूप (भिडियो हेर्नुस्)
फिल्मीखबर, काठमाडौं, २०७२ कार्त्तिक १९, बिहिवार
अभिनेत्री ऋचा शर्माले एक पटक फेरि आफूलाई अब्बल कलाकार देखाउने प्रयास गरेकी छिन् । जिवन्त अभिनय गरेर अवार्ड समेत हात पार्दै आएकी ऋचा 'को आफ्नो' नामक फिल्ममा यस्तो गेटअपमा प्रस्तुत भएकी छिन् कि दर्शकले चिन्न हम्मे-हम्मे नै पर्छ ।
अनिल थापाको लेखन, निर्माण तथा निर्देशन रहेको 'को आफ्नो'मा ऋचाको अनुहार र चरित्रले जो कोहि व्यक्तिको ध्यान पक्कै खिच्छ । एक ब्राम्हण युवतीको भूमिका निर्वाह गरेकी उनै ऋचाले अभिनय गरेको फिल्मको टिजर सार्वजनिक गरिएको छ ।

फिल्ममा ऋचासँगै शुशांक मैनाली, सुवास थापा, मेनुका प्रधान, राजन खतिवडा, सुदामा सिके, शान्ति गिरीलगायतले अभिनय गरेका छन् । आउँदो फेब्रुअरी १६ मा फिल्म रिलिज गर्ने योजना निर्माण युनिटको छ ।






No comments:

Post a Comment