Saturday, November 7, 2015

लालु–नीतिश गठबन्धनको मोदी गठबन्धनलाई कडा टक्कर



बिहारको विधानसभामा मोदीको भाजपा पछि पर्यो

काठमाडौं ः बिहारको विधानसभाको चुनावी परिणामको प्राराम्भीक नतिजा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी पछि परेको छ ।

बिहान ८ बजेबाट शुरु मतगणनाका क्रममा नितिश कुमार, लालुप्रसाद यादव नेतृत्वको जनता दल युनाइटेडले अग्रता लिएको हो ।

ताजा चुनावी परिणाम अनुसार जेडुयले १२४ सिटमा अग्रता लिएको छ भने मोदीको भाजपाले ९१ सिटमा अग्रता लीरहेको छ । अन्य दलहरुले जम्मा ७ सिटमा अग्रता लीरहेका छन ।


चुनावी परिणाम आइरहँदा जेडियुका नेता लालुप्रसाद यादवले आफ्नो गठबन्धनले कम्तिमा १९० सिट जित्ने दाबी गरेका छन ।

प्रम मोदी आफ्नो प्रतिष्ठाको लडाइँकारुपमा लिएर बिहारको बिधानसभा चुनावमा होमिएका थिए ।

नेपाली सीमासँग जोडिएको बिहारको चुनावी परिणामले नेपालमा पनि अर्थ राख्ने भएकाले नेपाली पनि यसको परिणामको प्रतिक्षामा छन ।

नेपाली सीमानामा नाकाबन्दी गरिरहेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसहित बिहारमा भाजपालाई चुनाव जिताउन प्रचारमै होमिएका थिए ।


प्रतिक्रिया दिनुहोस
मलाई Facebook र Twitter मा पछ्याउनुस


No comments:

Post a Comment