Friday, November 6, 2015

डेभिड बेकह्याम ट्याम्पो चालक (फोटो फिचर)





काठमाडौं विश्वचर्चित बेलायती फुटबलर डेडिभ बेकह्याम शुक्रबार बिहान काठमाडौं ओर्लेपछि ट्याम्पो ड्राईभर बनेका छन ।युनिसेफको आयोजनामा बालबालिकाका लागि आयोजित च्यारिटी फुटबल खेल्न भक्तपुर दरबार स्क्वायर जाने क्रममा उनी विद्युतीय सफा ट्याम्पको ड्राईभर बनेका हुन ।बेकह्यामले शनिबार दिउँसो काठमाडौंको नयाँबानेश्वर–सुनधारा रुटमा चल्ने बा१ह ४८४३ नम्बरको सफा ट्याम्पो भक्तपुरको सल्लाघारीदेखि दरबार स्क्वायरसम्म चलाए ।

विमानस्थलबाट विशेष सुरक्षासहित गाडीमा गएका उनी सल्लाघारीमा ओर्लेर ट्याम्पो हाँक्दै दरबार स्क्वायर प्रवेश गरे ।आयोजकहरुले बेकह्यामले हाँक्नैका लागि भक्तपुर लगिएको ट्याम्पो चलाएको देखेर स्थानीयबासी समेत छक्क परे ।उनले ट्याम्पो हाँकेको हेर्न सयौं स्थानीयबासी सडक आसपासमा जम्मा भएका थिए । ट्याम्पो चलाउँदै गएका उनले भक्तपुर दरबार स्क्वायरमा बालबालिकाहरुसँग १६ मिनेटसम्म फुटबल खेले ।

 



YOUR COMMENT


Follow me on Facebook

No comments:

Post a Comment