Tuesday, November 3, 2015

श्वेताको मुहारमा मुस्कान

अभिनेत्री श्वेता खड्का हाम्रो आग्रहमा फोटोसेसनका लागि राजी भइन् । श्रीमान श्रीकृष्ण श्रेष्ठको वियोगपछि उनको आफ्नो पहिलो फोटोसेसनमा उनी सुरुमा निकै धकाएकी थिइन् । तर बिस्तारै सहज र स्वभाविक हुँदै गइन् । थोरै चलचित्र खेले पनि धेरै दर्शकको दिलमा बस्न सफल श्वेता पति वियोगको एक वर्षसम्म पूरै निस्क्रिय थिइन् । विस्तारै व्यवसायिक तथा सामाजिक गतिविधिमा अभ्यस्त भइरहेकी उनी निकट भविष्यमा कुनै न कुनै रुपले चलचित्र क्षेत्रमा पुनरागमनको तयारी गर्दैछिन् । ‘फेरि नायिका नै बन्छु भन्ने पनि छैन,’ उनी भन्छिन्, ‘तर मैले भविष्यमा यो फिल्डमा फर्किनै पर्छ । चाहे निर्मात्रीको रुपमा होस या अभिनेत्रीको रुपमा ।




















No comments:

Post a Comment