Saturday, November 7, 2015

पत्र बोकेर बाबुराम बालुवाटार पुगे , के–के छन स्मरणपत्रमा ? [पत्र सहित]


पत्र बोकेर बालुवाटार पुगे बाबुराम, के–के छन स्मरणपत्रमा ? (पूर्णपाठसहित)

कात्तिक २१
काठमाडौं– एमाओवादी परित्याग गरेर नयाँ शक्ति निर्माणको अभियानमा लागेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले तराई मधेसमा देखिएको समस्या तत्काल सम्बोधन गर्न आगह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक स्मरणपत्र बुझाएका छन ।
प्रधानमन्त्री निवास बालुवाटारमा पुगि भट्टराईले नागरिक समाजका अगुवाहरुसमेतको उपस्थितिमा ओलीलाई स्मरणपत्र बुझाएका हुन ।

स्मरणपत्रमा तराई मधेसको आन्दोलन थारु मगरात, लिम्बुवानका जनताको पहिचान र अधिकारका लागि भएको आन्दोलनहरुलाई राजनीतिक वार्ताको माध्यमबाट समाधान खोज्न सरकार र मुख्य राजनीतिक दलहरुको ध्यानाकर्षण गराउाँदै संविधानका असन्तुष्टिलाई संविधान संशोधनको माध्यमबाट समाधान खोज्न माग गरिएको छ ।
यस्तै आन्दोलनकारीमाथि राज्यले अनावश्यक बल प्रयोग गरेको आरोप लगाउँदै ध्यानाकर्षण पत्रमा अराजकताको माध्यमबाट थप मुडबेड ननिम्त्मयाउन आग्रह गरिएको छ ।

स्वाधिनता स्वतन्त्रता र समानताका आधारमा दुई विशाल छिमेकीहरुको यो या त्यो राष्ट्रको निर्भरता वा परनिर्भरताका आधारमा नभई अन्तरनिर्भरताका आधारमा राष्ट्रिय स्वाधिनतालाई केन्द्रमा राख्दै व्यवहार गर्ने संस्कृतिको विकास गर्न पनि आवश्यक रहेको स्मरणपत्रमा औंल्याइएको छ ।

तराई मधेसको तीन महिना लामो आन्दोलन र भारतीय नाकाबन्दीलाई अलगअलग विषय र विधिमा बुझ्न जरुरी रहेको भन्दै पत्रमा तराई मधेसको समस्यामा देशको आन्तरिक र राजनैतिक समस्या भएकाले यसलाई संविधान संशोधनको माध्यमबाट हल गर्न र भारतको अघोषित नाकाबन्दीलाई कुटनैतिक माध्यमबाट हल गर्न आग्रह गरिएको छ ।
यसैगरी तराई मधेसको समस्यालाई समाधान गखर्न भन्दा पनि समस्यालाई बल्झाई आफ्नो स्वार्थ सिद्ध गर्ने खेल समेत भित्रभित्रै भइरहेको पनि पत्रमा उल्लेख गरिएको छ ।

ओलीलाई बुझाइएको स्मरणपत्रमा भट्टराईसहित नागरिक समाजका दमननाथ ढुंगाना, पद्मरत्न तुलाधर , विद्याधर मल्लिक, कृष्ण शर्मा, कृष्ण हाछेथुलगायतको हस्ताक्षर रहेको छ ।


प्रतिक्रिया दिनुहोस​
मलाई Facebook मा पछ्याउनुहोस

No comments:

Post a Comment