Wednesday, November 4, 2015

के हिन्दी फिल्म विस्थापित गर्लान् निखिलले ?

५ बर्ष मुम्बइ बसेर नेपाल आएपछि अभिनेता निखिल उप्रेतीको मुखबाट राष्ट्रियता र फिल्म मोहका गफ खुबै सुन्न थालिएको छ । उनले विदेशी फिल्म नेपालमा चलाउनु हुदैन भन्दा पनि राम्रा फिल्म चले आफै विस्थापित हुने कुरा गर्दै आएका छन् । कुनै कार्यक्रममा पुग्ने वित्तिकै माइक समातेर निखिल यही कुरा गर्छन् ।

        निखिल आफूले विदेशी फिल्मलाई विस्थापित गर्ने दाबी गर्दै ।
अब, निखिलको यो बोली व्यवहारमा लागू हुन्छ या हुदैन,दर्शकले उनलाई पत्याउछन् या पत्याउदैनन् भन्ने कात्तिक २५ मा थाहा हुनेछ । नेपालका चर्चित स्टार र बलिउडका सुपरस्टारको भिडन्त तिहारमा हुँदैछ । नेपालका चर्चित वितरक गोपाल कायस्थको फिल्म ‘लुटेरा’ र गोपिकृष्णले २ करोड नेपाली रकम हालेर किनेको बलिउड अभिनेता सलमान खानको फिल्म ‘प्रेम रतन धन’ पायो एकसाथ चल्दैछ ।
वुधबारबाट ‘लुटेरा’ चल्नेछ भने शुक्रबारबाट सलमानको फिल्म ।नेपाली सुपरस्टार र बलिउडका सुपरस्टारको यो भिडन्त रोचक हुनेछ । निखिल उप्रेतीले राम्रो फिल्म बनाएर र खेलेर विदेशी फिल्म विस्थापित गर्ने बताउँदै आएका छन् । अब, सलमान खानलाई निखिलले विस्थापित गर्छन् या गर्दैनन्, ‘लुटेरा’ र ‘प्रेम रतन धन पायोको’ भिडन्तले देखाउनेछ ।
©Filmy Khabar


No comments:

Post a Comment